कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी ,  कैलालीमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार विभिन्न उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको हो ।

लम्किचुहाका ६ जना महिला र १९ जना पुरुषमा भाइरस पोजेटिभ देखिएको छ भने गोदावरीका ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको छ ।

उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेशनमा लैजाने तयारी भैरहेको डा हेमराज पाण्डेले जानकारी दिए ।