एकै दिन ६२९ जनामा कोरोना संक्रमण, कुल संक्रमित १०,७२८
प्रकासित मिति : २०७७ असार १०, बुधबार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११० जना महिला र ५१९ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
अहिलेसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या २ हजार ३३८ पुगेको मन्त्रालयले जनाएको छ। जसमा १९७ महिला र २ हजार १४१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएका छन्।