राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि
दाङ, दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि सर्वसाधारण अन्याैल हुने गरेका छन् । गलत सुचनाका कारणा स्थानीबासी कन्फियुज हुने गरेका हुन ।
दाङको बंगलाचुली गाउँपालिकामा ८ वटा वडा छन् । तर, शनिबार प्रतिष्ठानले वंगलाचुली गाउँपालिका वडा नं. १० का ११ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भनी बिज्ञप्ति जारी गरेपछि धेरै अन्योलमा परे ।
केहीले सामाजिक सञ्जालमा टिकाटिप्पनी गरे । खासमा त्यो प्रतिष्ठानले गरेको मिस्टेक थियो । उनी बंगलाचुली गाउँपालिका वडा नं. ३ निवासी थिए । यस अघि पनि प्रतिष्ठानले पटक–पटक मिस्टेक गर्दै आएको र अन्योल थप्दै आएको थियो ।
केही दिन अघि मात्रै प्रतिष्ठानका स्वास्थ्यकर्मीको उमेर ‘एक’ बर्षीया भएपछि धेरै टिका–टिप्पनी भएको थियो । यसरी पटक–पटक सम्बेदनशील बिषयमा मिस्टेक हुन थालेपछि विश्वसनीयतामा पनि प्रश्न चिन्ह उठ्ने गरेको थियो ।
यस बिषयमा प्रतिष्ठानले पटक–पटक टाईप मिस्टेक भएको भनी स्वीकार गर्दै आएको छ । प्रतिष्ठानलाई विज्ञप्ति नै जारी गर्नुपर्ने बाध्यता रहदै आएको छ ।