‘एमसिसी’ बिरुद्ध बाँकेका युवाहरु सडकमा : सरकार ! भिख मागेर समृद्धि हुदैन्

नेपालगन्ज, बाँके राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपालगन्जका युवाहरु सडकमा उत्रिएका छन । साेमबार  बाँकेका स्वतन्त्र युवाहरु बिपीचाेक नेपालगन्जमा  सरकार ! समृद्भिकाे सपना भिख मागेर समृद्धि हुदैन्  भन्दै  सडकमा उत्रिएर बिरोध गरेका हुन । 

उक्त सम्झौता पारित भएर कार्यान्वयन भएमा नेपाल विदेशी शक्तिको क्रीडास्थल र रणभूमि बन्ने ठहर गर्दै सम्झौता खारेजीको माग गर्दै युवाहरु सडकमा उत्रिएको अनेरास्वीयुका केन्द्रिय सदस्य राजेन्द्र बिस्टले जानकारी दिए । सरकार एमसिसीको बिषयमा गम्भिर नभए देशमा ठुलो संकट निम्तिने बिष्टले बताए ।

त्यस्तै कार्यक्रममा अनेरास्वीयूका केन्दिू्रय सदस्य तुल्सीमणी केसीले एमसिसीका बिरुद्ध नेपाली युवाहरुले पहल कदमी लिनुपर्ने बताए । केसीले राष्ट्रघाती एमसिसी कुनैपनि हालतमा स्वीकार्य नभएको जिकिर गरे ।

केपी वली सरकारले संसद्बाट एमसीसी पारित गर्न खोजेपछि त्यसका विरुद्ध सिङ्गो जनमत विरोधमा उत्रिएको छ ।