प्यूठानमा रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाईएका २४ जनामा कोरोना पोजेटिभ
भालुवाङ , काेराेना महामारीकाे बेला प्युठानमा गम्भीर लापरबाही गरिएकाे छ । क्वारेन्टाइनमा बसेकाहरुकाे पिसिआर रिपाेर्ट नेगेटिभ आयाे भनेर हल्लै हल्लामा घर पठाइएका २४ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ ।
प्युठान नगरपालिका वठा नम्बर ३ सेपुङ स्थित सरस्वती आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा बसेर घर गएका २४ जनाकाे रिपाेर्ट नेगेटिभ देखिएकाे हाे । जेठ १२ गते यता विभिन्न देशबाट आएका ३८ जना सरस्वती आधारभुत विद्यालयकाे क्वारेन्टाइनमा बसेका थिए । जहाँ प्युठान नगरपालिका वडा नं. ३ सेपुङ र वडा नं. २ रिचि गाउँका नागरिक थिए ।
जेठ १२ गते क्वारेन्टाइनमा बसेका उनिहरु मध्ये ३१ जनाकाे दाेस्राेपटक पिसिआर परिक्षण गरिएकाेमा असार ७ गते ३ जनाकाे रिपाेर्ट पाेजेटिभ र बाँकी सबैकाे नेगेटिभ आयाे भनेर हल्लै हल्लाकाे भरमा २८ जनालाइ नगरपालिकाले साेहि दिन साँझ घर पठाएकाे थियाे । तर घर गएका २८ मध्ये २४ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे खुलेकाे छ ।
कसरी भयाे लापरबाही
गत जेठ १२ गते क्वारेन्टाइनमा बसेका ३८ जनाकाे सात दिनपछि स्वाब संकलन गरि परिक्षणकाे लागि दाङ, भैरहवा लगाएतका ठाउँमा पठाइएकाे थियाे । जेठ २६ गते सबैकाे रिपाेर्ट आएकाे थियाे । जसमा एक बालिका सहित ८ जनालाइ काेराेना पाेजेटिभ देखिएकाे थियाे भने बाँकी सबैकाे नेगेटिभ थियाे ।
पाेजेटिभ देखिएका ८ जना मध्ये सात जनालाइ बिजुवार आइसाेलेसनमा पठाइएकाे थियाे भने एक जना २ बर्षकाे बालिका भएकाे भन्दै आमा सँगै क्वारेन्टाइनमा राखिएकाे थियाे । आमालाइ काेराेना नेगेटिभ थियाे भने छाेरीलाइ पाेजेटिभ थियाे ।
काेराेना पाेजेटिभ देखिएकी छाेरी सहित आमा र अन्य ३१ जना एउटै क्वारेन्टाइनमा थिए । क्वारेन्टाइनमा बसेका एक युवाले लेकाली अनलाइनसँग फाेनमा कुरा गर्दै भने, ‘८ जनालाइ काेराेना पाेजेटिभ भएकाेमा ७ जनालाइ बिजुवार पठाइयाे । एउटी बालिकालाइ हामी सँगै राखियाे ।’ आछाेरीकाे काेठा अलग भएपनि पानीकाे धार र साैचालय सँगै भएकाे ति युवाले बताए ।
प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीका अनुसार क्वारेन्टाइनमा बसेका ती ३१ जनाकाे फेरी दाेस्राे चरणमा असार २ गते स्वाब संकलन गरेर परिक्षणकाे लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइयाे । स्वाब संकलन गरेकाे ५ दिन पछि असार ७ गते ३ जनाकाे पाेजेटिभ आएकाे खबर संघिय स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यालयबाट जानकारी आयाे ।
त्यसपछि साेहि दिन साँझ बाँकी २८ जनालाइ घर पठाइयाे । घर पठाएकाे भाेलिपल्ट प्युठान नगरपालिकालाइ फेरि खबर आयाे ‘उक्त क्वारेन्टाइनमा बसेका २४ जनालाइ काेराेना पाेजेटिभ देखियाे भनेर ।’ घर गएका २८ जना मध्ये २४ जनालाइ अहिले फेरि क्वारेन्टाइमा ल्याइएकाे र बाँकी ४ जना हाेम क्वारेन्टाइनमा बसेकाे प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले बताए ।
उनकाअनुसार ४ जनाकाे रिपाेर्ट आउन बाँकी छ । २४ जना घर गएर कसैलाइ पनि नछाेएकाे र एक्लाएक्लै काेठामा बसेकाले आत्तिनुपर्ने अवस्था नभएकाे मेयर कक्षपतीकाे दाबी छ । यसरी स्वास्थ्य मन्त्रालयकाे गलत सुचना, जिल्ला स्वास्थ्य कार्यालयकाे गलत जानकारी र प्युठान नगरपालिकाकाे हतारकाे निर्णयले प्युठान नगरपालिका वडा नं. ३ काे सेपुङ र वडा नं. २ काे रिचि गाउँ अहिले ससंकित भएका छन् ।
दुइ गाउँ सिल
काेराेना संक्रमित गाउँ पुगेपछि एक हप्ताका लागि प्युठान नगरपालिकाले वठा नम्बर ३ मा रहेको सापडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को सेपुङ र वडा नं २ को रिचि बस्तिलाई सिल गर्ने निर्णय गरिएको छ।
सोमबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले नगरपालिकाका अत्यावश्यकबाहेक अरु काम एक साताका लागि बन्द गर्ने, असारमा सञ्चालन गरिने खोप कार्यक्रम तथा गाउँघर क्लिनिक सेवा स्थगित गर्ने निर्णय गरेको मेयर कक्षपतिले जानकारी दिए । कक्षपतिले निर्णयको प्रभावकारी कार्यान्वयन गर्न सबै नगरबासीलाई आग्रहसमेत गरेका छन् ।