नागरिकता विधेयक बिरुद्ध जनमत पार्टी बाँकेको बिरोध

बाँके, नेपालगन्ज नेपाल सरकारद्वारा जारी गरिएको विदेशी बुहारीलाइ ७ वर्ष पश्चात् मात्र नेपाली नागरिकता दिने प्रावधानको जनमत पार्टी बाँकेले बिरोध गरेको छ ।  त्यसै क्रममा आज सोमबार बाँकेमा पनि बिरोध र्याली सहित कोणसभा गरि विधेयक जलाईएको हाे  ।

जनमत पार्टी कार्यालय बाँकेबाट सांकेतिक यार्लाी  शुरु भई त्रिभुवन चौकमा कोणसभामा परिणत भइ उक्त बिभेदकारी विधेयक जलाइएको थियाे । आजको कार्यक्रम जनमत पार्टीका नेता मोहम्मद हुशेन शाहको नेतृत्वमा गरिएको पार्टीका वरिष्ठ नेता रियाज अहमद शेषले जानकारी दिइएका छन।

उक्त रैली तथा विरोध कार्यक्रममा जिल्लाका वरिष्ठ नेतागणहरुको व्यापक सहयोगिता रहेको अर्का क्रान्तिकारी नेता हरपाल सिंह सिखले जनाएका छन। कोणसभालाई जनमत पार्टी बाँकेका नेताहरु हरपाल सिंह सिख, मोहम्मद हुशेन शाह, रियाज अन्सारी तथा शैलेन्द्र कर्णले सम्बोधन गरी बिबादास्पद विधेयकको घोर निन्दा गर्दै बिरोध जनाएका छन, नेता मोहम्मद हुशेन शाह तथा रियाज अहमद शेषले नागरिकता विधेयक कानुन फिर्ता नभए हाम्रो अन्दोलन जारी रहने जनाएका छन।

भोलीको कार्यक्रम सम्पूर्ण स्थानीय निकायहरूमा बिबादास्पद विधेयकको प्रतिलिपी जलाउने कार्यक्रम तय रहेको पार्टीका नेता अब्दुल वाहिद शेषले बताएका छन।

आजको कार्यक्रममा पार्टीका नेताहरु दिपक पासी, हेमराज धोबी, नाजमा बागवान, सफीक जसगड, वरिष्ठ नेता जाबिर हल्वाई, राजित बर्मा, बिष्णु खटिक , नौसाद अंसारी,जनमत विद्यार्थी संघका केन्द्रीय सदस्य अक्षय सोनखर,विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य मुकीम अंसारी , फारूक हासमी लगायतका नेताहरुको सहभागिता रहेको थियो।