दाङमा थप १९ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ३ सय ४ पुग्यो
दाङ, दाङमा आज थप १९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका संक्रमितहरु १८ जना बंगलाचुली र एक जना लमहीका हुन् ।
११ बर्ष उमेर देखि ४३ बर्ष सम्मका पुरुषमा कोरोना देखिएको हो । बंगलाचुली गाउँपालिकाको मुलाबारी भेडाबारीको क्वारेन्टाईनमा बसेका १ सय ३४ जना मध्ये ४५ जनाको स्वाब परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।
संक्रमित हुनेहरुमा बंगलाचुली ४ का १७, १७, १८, २२, २३, २७, ३० र ४३ बर्षका ८ जना, वडा नम्बर ४ का १९ र २१ बर्षका दुई जना, वडा नम्बर ५ का २९ र ३२ बर्षका दुई जना, वडा नम्बर ८ का १८, २१, २२, २४ र २९ बर्षका ५ जना वडा नम्बर १० का ११ बर्षका एक जना र लमही नगरपालिका ६ का १७ बर्षीय एक जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । वितेको २४ घण्टामा प्रतिष्ठानमा ४ सय ३५ जनाको स्वाब परिक्षण गरिएको छ । कोरोना संक्रमणको आंशकामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाबाट संकलन गरिएको स्वाब परिक्षणमा भने सबै रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा अझै ३ हजार ५७ जनाको स्वाब जाँच हुन बाँकी छ ।

