उपाध्यायको संयोजकत्वमा जातिय विभेद बिरुद्ध राष्ट्रिय संजाल घोषणा

 दाङ, समाजमा व्यप्त जाती विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरिएको छ । संबैधानिक एवं कानुनी रुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले संम्भावित जातीय नरसंहार सम्मका घटनाहरुहुन सक्ने तर्फ संबेदनसील हुँदै संजालको घोषणा गरिएको हो ।

२१औं सताब्दिमा पनि नेपालमा जातीय विभेद र छुवाछुतका घटनाहरु घटिरहनु र मानव-मानव बीचमा विभेद हुनु मानव समाजलाई जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजाल घोषणा गरिएको तदर्थ समितिका संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले जानकारी दिए ।

देशका ७७ वटै जिल्लाहरुमा जिल्ला समिति, ७ वटै प्रदेशहरुमा प्रदेश समिति र केन्द्रिय समिति सहित संबिधान र कानुन कार्यान्वयन गराउने सवालमा अभियान छेडिएको र जातीय विभेदरहित सभ्य मानव समाजको महान अभियानमा सहभागि हुन सबै न्याय प्रेमी जनसमुदायहरुमा आह्वान गरिने उपाध्यायले बताए । केही दिन भित्र दाङ्गमा पत्रकार सम्मेलन गरी राष्ट्रिय समितिको घोषणा गरिने र लकडाउनको समाप्ति पछि देशै भरी संगठन निर्माण गरीने उपाध्यायले जानकारी दिए ।

“दलित समुदायको एक्लै आन्दोलनले मात्र जातीय विभेद र छुवाछुत अन्त्य नहुने हुँदा जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालको आवश्यक्ता परेको हो ” जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका राष्ट्रिय संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले बताए ।

दलित समुदायले भोग्नुपरेको समस्या र दलित र गैह्रदलित समुदाय बीच प्रत्यक्ष अन्तरकृया गराउने उदेश्य जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका आवश्यता रहेको जातीय विभेद अन्त्यका लागि संजालका संयोजक उपाध्यायले दावी गरेका छन् ।

जातीय विभेद र जातिय छुवाछुत साझा समस्या भएको भन्दै २१औं सताब्दिमा जातीय विभेद हुनु मानव सभ्यताको कलंक भएको भन्दै उपाध्यायले सबै समुदायले नेतृत्व लिएर जातीय विभेदको अन्त्य गर्नुपर्नै आवश्यता देखिएको उपाध्याएले जिकिर गरे ।
जातीय विभेद र छुवाछुतकै कारण हिन्दुधर्म प्रति घृणा उत्पन्न भएको भन्दै उपाध्यायले हिन्दु धर्म बचाउन पनि जातिय विभेद र छुवाछुतको अन्त्य गर्नु पर्नै अनिबार्य आवश्यक्ता भएको दावी गरे ।

“हिन्दूधर्मको उत्थान र व्यवहारीक ग्रहण र निरन्तरताका लागि जातीय विभेद अन्त्य हुन जरुरी छ ” उपाध्याएको दावी छ । “नेपालको लोकतान्त्रिक संबिधानको व्यवहारतः कार्यान्वयन र हृदय परीवर्तन एवं जातीय सोंच बिरुद्धको महान अभियानमा सरिक हुन सम्पूर्णमा अपिल गरिने छ ” उपाध्यायले भने ।

“अब दलितका कुरा गैर दलितले र गैर दलितका कुरा दलितले नसुनुन्जेल समस्याको समाधान हुँदैन, रुकुम घटना तेसैको परिणाम हो” उपाध्यायले तर्क गरे । लामो समय दलित गैर सरकारी संस्था समन्वय समिति मा अनुसन्धानक्षेत्रमा काम गरेका बिष्णुकुमार देवकोटा शर्मा उपाध्याय स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष हुन् । समाजिक परीवर्तनको दिशामा क्रियासिल देवकोटा विभिन्न संघसंस्थाहरुमा आबद्ध छन् ।