क्यान्सर पिडितद्वारा उपचारका लागि सहयोगको अपिल
नेपालगन्ज, क्यान्सरको औषधी उपचार गर्दैगर्दा आर्थीक स्थिति नाजुक भएपछी क्यान्सर पिडित बाबुरामले सहयोगका लागि अपिल गरेका छन् ।
बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं: ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरी आर्थीक स्थिति नाजुक भएका कारण औषधी उपचार हुन नसक्दा सहयोगका लागि अपिल गरेका हुन ।
केहि समयदेखि बाबुराम घरको बन्द कोठामा मृत्युसँग लडिरहेका छन् । दुई वर्षपहिले मिर्गौलामा समस्या देखिपछी बाबुरामको एक मिर्गौला अप्रेशन गरि निकालिएको थियो । अहिले त्यही अप्रेशन गरेको ठाँउमा क्यान्सर भएको छ ।
घरको आर्थिक अवस्था कमजोर हुँदा बाबुरामको औषधी उपचारका लागि सहयोग जुटाउन विभिन्न सामाजिक संघ संस्थाहरुसँग अपिल गरेको राँझा ऐयरपोर्टका धन बा. थापाले बताए । बाबुरामको आैष्धी उपचारका लागि धन बा. थापाले सहयोगको अपिल गरेका छन् ।
घरमा बृद्ध ६५ वर्षकि आमा ७१ वर्षका बुबा र बाबुरामको एक छोरा एक छोरी गरि पाँचजनाको परिवार छन् ।
आर्थीक सहयोगका लागि बिरामी बाबुरामको सम्पर्क नम्बर 9825407121 सहयोगी अभियता धन बा. थापाको सम्पर्क नम्बर 9848043205 यिनै नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।