८ घण्टापछि सुचारु भयो पृथ्वी राजमार्ग
प्रकासित मिति : २०७७ असार ९, मंगलवार १४:४९
प्रकासित समय : १४:४९
तनहुँ , करिब ८ घण्टापछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको छ। मंगलबार बिहानैदेखि अवरुद्ध राजमार्गमा करिब दुई घण्टा लगाएर पहिरो हटाइएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार बिहान करिब साढे ६ बजेबाट अवरुद्ध सडक दुईतर्फी रुपमा यातायात सुचारु भएको छ। पहिरोका कारण बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक सवारीहरु रोकिएका थिए ।
‘पहिरो खसिरहेकोले गर्दा पनि सडकमा खसेका ढुंगा, माटो हटाउन टाइम लागेको हो,’ डिएसपी तिमिल्सिनाले भने, ‘अब दुईतर्फी आवागमन सुचारु भएको छ।’ राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरा नजिकै पहिरो गएको हो । राजमार्गमा झरेको पहिरो हटाउन डोजर प्रयोग गरिएको थियो।