सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२ जना पुरुष र १७ जना महिला रहेको डा. हेमराज पाण्डेले जानकारी दिए ।