दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, दैलेखका एक कोरोना संक्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका– ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिएका छन् ।

गएको असार ३ गते उपचारका लागि दैलेखबाट सुर्खेत आएका उनको ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।

उनी समुुदायस्तरबाट आएकोले कोरोना संक्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । उनको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्नै बाँकी छ ।