कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २४
प्रकासित मिति : २०७७ असार ९, मंगलवार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका–३ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनी क्षय रोग तथा दमको रोगी समेत थिए । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।