कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना
प्रकासित मिति : २०७७ असार ९, मंगलवार २१:४६
प्रकासित समय : २१:४६
झापा, कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार झापाका १२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये ७ जना कुवेतबाट केही दिनअघि फर्किएका ७ महिला थिए।
त्यस्तै भारतको आसामबाट फर्किएकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ। मंगलबार संक्रमण पुष्टि भएका अन्य ४ पुरुष पनि भारतका विभिन्न ठाउँबाट केही दिनअघि मात्रै फर्किएका थिए।
कोरोना पुष्टि भएका सबै आफ्नो स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्दै आएका थिए।