समाजसेवी हरि चन्द्रद्वारा भारतबाट आएकालाई सहयोग

कृष्णनगर, रूकुम पशिचम जिल्लाको बॉंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंडबाट आएका २७ जनालाई कपिलवस्तुको कृष्णनगरमा खाना पानीको व्यवस्थाका साथै घरसम्म पुर्याउन गाडीको व्यवस्था मिलाएर मानवीय सेवाको उदाहरण दिएका छन्।

भारतबाट आएका भरत मिस्की र प्रविन विकको टोली सम्बंधित ठाउमा पुगि सकेको जानकारी प्राप्त भएको छ । नेपालमा (COVID-19)कोरोना भाइरस महामारीबाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउनका बेला समेत इट्टा भठ्ठामा काम गर्ने मजदूरलाई समाजसेवी हरि चन्द्रले चामल, दाल लगायत अन्य खाद्यान्न समाग्री सहयोग गरेका थिए। मास्क वितरण लगायत अग्र पंक्तिमा रहेर समाजसेवाको काम गर्दै आएका छन् ।