पचालझरनाको निति : युवाश्रम केन्द्रदेखि कृषि रोजगारमा प्राथमिकता

कालीकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आफनो आगामी बर्षको निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको जारकोटमा छैटौँ गाउँसभा मार्फत निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले “मेरो आंगन मेरो पहिचान” भन्ने नाराका साथ  अगाडी बढने बताए  । 

गाउँपालिकाले निति तथा कार्यक्रममा जनताको घर आंगनदेखि पर्यटन प्रवद्धनकोसम्मका योजनाहरू समाबेश गरेकाे छ  ।  निति तथा कार्यक्रम प्रस्तुतका क्रममा अध्यक्ष सेजुवालले आगमी वर्ष खार्दुलाई पर्यटनको नमुना गाउँ बनाउने बताए । साथै  विद्युतलाई पालिका स्तरमा विस्तार गर्ने, लिप्ट सिंचाइका माध्यमबाट बांझो जमिनको व्यवस्थापन गर्ने, प्रत्येक नागरिकहरुले बृक्षारोपण शुरु गर्ने र प्राविधिक स्टमेटका आधारमा बजेट भूक्तानि गर्ने, बांझो जमिनमा खेति गर्ने, स्वस्थ्य तथा पशुचिकित्सक अध्ययन गर्ने विद्यार्थिलाई छात्रबृति दिने, पालिका स्तरमा योग शिविर संचालन गर्ने, लोक सेवा तयारी कक्षा संचालन गर्ने उल्लेख गरिएको अध्यक्ष सेजुवालले बताए  ।

त्यसै गरी निति तथा कार्यक्रममा १ हजार युवाहरुको समुहमा युवा श्रम केन्द्र गठन गर्ने, गाउँपालिकालाइ प्रविधि मैत्रि बनाउने, ४० लाख भन्दा माथिका योजनाहरु ठेक्का प्रणालिबाट संचालन गर्ने, सबै नागरिकहरुको विमा गर्ने, कामदारहरुको दैनिक ज्याला बैंक मार्फत भुक्तानि गर्ने, अन्तरपालिका सडक विस्तार गर्ने, पालिकाले आफ्नै मिनिवस संचालन गर्ने, जारकोट स्थित कर्णालि नदिमा बेलि बृज निर्माण गर्ने, पचालझरनालाई प्रवद्धन गर्न देउडा, सडक नाटक लगायतका कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।

३७ करोडको बजेट 

आगमी वर्षमा यस अघि भएको गुवालो भत्ता निरन्तरता दिने प्रत्येक १० गते जेष्ठ दनागरिकहरुको घरमा उपचार सहितको सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने, विपन्नका घर निर्माण गर्ने लगायतका कामलाई निरन्तरता दिने गाउँ पालिका अध्यक्ष सेजुवालले बताए  । गाउँ सभा १६ गतेसम्म योजना छनोट तथा त्यस माथि छलफल गरी अन्तिम टुंगोमा पुग्ने र त्यसपछि रातो कितावमा कायम गरेपछि मात्र सार्वजनिक गर्ने अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

गाउँपालिकाकाे  पालिका उपाध्यक्ष तारा न्यौपाने द्वारा आर्थिक वर्ष २०७७/०७८ को आम्दानी तर्फ संघ र प्रदेश सरकार साथै आन्तरिक आम्दानी गरि ३७ करोड २९ लाख ५२ हजार १ सय ७० प्रस्तुत गरिएको थियाे ।

संघ सरकारबाट राजस्व अनुदान तर्फ ६ करोड १६ लाख ५० हजार १ सय ७०, बित्तिय समानिकरणबाट प्राप्त ८ लाख ९२ हजर, ससर्त अनुदान १४ करोड १० लाख, बिशेष अनुदान ५० लाख रहेको छ भने कर्णालि प्रदेश सरकार बित्तिय समानिकरण तर्फ १ करोड १० लाख २ हजार,ससर्त अनुदान ६० लाख,राजस्व २६ लाख ५ हजार,समपुरक कोषबाट १ करोड ४० लाख,विशेष अनुदान २५ लाख रहेको छ भने अन्य बहुक्षेत्र पोषण बाट १२ लाख ३५ हजार,सामाजिक सुरक्षा तर्फ ७ करोड ५० लाख,आन्तरिक आम्दाइ तर्फ ५० लाख गरेर ३७ करोड २९ लाख ५२ हजार १ सय ७० रहेको छ ।