दाङमा थप ६ जनाले कोरोना संक्रमणलाई जिते

दाङ, दाङको कोरोना विशेष अस्पतालबाट सोमबार थप ६ जना निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जना सहित ६ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

गएको जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका–१ का वर्ष ३१, ४३, ७० का ३ जना, लमही नगरपालिकाका–८ का वर्ष २२ का एक जना र लमहीनगरपालिका–५ का वर्ष २७ का एक जना गरी जम्मा २ जना र प्युठानका वर्ष १९ का जना गरी ६ जना संक्रमित निको भएर सोमबार घर फर्किएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

अस्पतालमा रहेका ५३ जना बिरामी मध्ये ६ जना निको भएर घर फर्किएसंगै हाल बेल्झुण्डी कोरोना अस्पतालमा ४७ जना बिरामी रहेको व्यवस्थापक वलीले बताए । उनीहरु सबै पुरुष रहेका छन् ।