दाङमा बिशालु च्याउ खाँदा ५ जना बिरामी

दाङ ,  दाङको तुलसीपुरमा बिशालु जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोला निबासी वर्ष ६९ का सत्य पुन, उनकी श्रीमती ६१ वर्षिया मैति पुन, छोरी तुलसीपुर –५ निबासी भोला पुन, नाति ११ बर्षका विशाल पुन र १५ बर्षका ललित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

हिजो खाएर सुतेकोले कसैलाई थाहा नभएकोले सोमबार स्वास्थ्यमा समस्या आएपछि उनीहरुलाई सोमबार बिहान ८ तिर अस्पताल ल्याइएको थियो । छोरी र नातीहरु पाहुना पर्न गएको बुझिएको छ ।

अहिले बिरामी मध्य सत्य पुन, मैति पुन र भोला पुनको अवस्था मध्य रहेको छ भने २ जनाको सामान्य छन् । उनिहरुले जंगलबाट च्याउ ल्याई आइतबार बेलुका ८ बजे पकाएर खाएका थिए ।