अगुवा युवा शाहीको पहलमा हुम्ला पुग्यो कोपीला भ्यालीको सहयोग
हुम्ला, मुख्यमन्त्रीका स्वकीय सचिवालयका सदस्य तथा हुम्लाका अगुवा युवा धर्मराज शाहि लोकेन्द्रको पहलम कोरोना सम्बन्धी सहयोग सामाग्री हुम्ला पुगेको छ । साेमबार कोपीला भ्याली सेवा समाज सुर्खेतको सहयोग र लोकेन्द्र शाहीको पहलमा सहयोग सामाग्री हुम्ला पुगेको हो ।
१६० पिस N 19 माक्स, सेनिटाइजर, मन्जन बुरुस, डिटोल साबुन, महिलाहरुलाई प्याड लगायतको सामाग्री हुम्लाको सिमिकोट गाउँपालिका पुगेको हुम्लाका अगुवा युवा लोकेन्द्र शाहीले जानकारी दिए ।
शाहीका अनुसार उक्त राहत सामाग्री हुम्लाकाे प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी मार्फत सिमिकोट गाउँपालिकाका क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग हस्तान्त्ररण गरिएकाे बताइएकाे छ ।
हुम्ला खार्पुनाथ गाउँपालिका ५ बाम्टाका स्थायी बासिन्दा शाही मुख्यमन्त्रालयमा कार्यरत छन् । उनि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका निजी ड्राइभर उनि पुर्ब माओबादी लडाकु समेत हुन ।
पछिल्लो समय कोपीला भ्याली सेवा समाज सुर्खेतले कर्णाली प्रदेशका बिभिन्न जिल्लाका स्थानीय निकायलाई राहत समाग्री सहयोग गरिहेको छ ।