साउनदेखि पुन: देशैभरी लकडाउनको तयारीमा सरकार !
प्रकासित मिति : २०७७ असार ८, सोमबार ०८:४३
प्रकासित समय : ०८:४३
काठमाडौं, सरकार साउनदेखि पुन देशैभरी लकडाउनको तयारीमा रहेको बुझिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै पुनः पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल परामर्श गरिरहेको हाे ।
उच्च स्राेतका अनुसार विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउनको तयारी हुन थालेको आशंका गरिएको छ ।
केही दिनअघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो । मन्त्रालयले दाबी गरेसंगै लकडाउन तयारीमा सरकार लागेको बुझिएको छ ।
नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको चौतर्फी संकेत गर्न थालिएको छ ।