पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको मृत्यु
प्रकासित मिति : २०७७ असार ८, सोमबार १८:२९
प्रकासित समय : १८:२९
काठमाडौं, पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा गाडी बगाएको छ। साँझ करिब पाँच बजे गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ। सम्मोबारी नजिकै पहिरो खस्दा ट्यांकर, बोलेरो जिप, मिनी ट्रक र कार बगाएको र बगेका सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन जानकारी भैनसकेको प्रहरीले जनाएको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन्। पहिरो करिब डेढ सय मिटर माथिबाट झरेको छ। सोमबार बिहानैदेखिको लगातारको वर्षाले देशका थुप्रै ठाउँमा पहिरो गएको छ।