थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१

काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ७४ जना महिला र ४६१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म जम्मा नेपालमा ८९४ महिला र ८ हजार ६६८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनाबाट संक्रमणमुक्त भएर आज ३२ जना महिला र ३३८ जना पुरुष डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६१ महिला र १ हजार ९६१ पुरुष गरी जम्मा २ हजार १४२ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न जिल्लामा रहेका आइसोलेसनमा ७ हजार ७८९ जना संक्रमित रहेका छन्।