चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ असार ८, सोमबार १०:५०
प्रकासित समय : १०:५०
भरतपुर, चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जना रहेको भरतपुर अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएकाहरुमा गैंडाकोट नगरपालिका-१७ का २८ र ३५ वर्षीय दुई जना पुरुष रहेका छन्। त्यस्तै बुलिङटार गाउँपालिका वडा नं ३, ४, ५ र ६ का ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१, २१, २४, २४ का १४ जना पुरुष रहेका छन्।
यसै चितवनका पाँच संक्रमितमध्ये माडीका चार पुरुष र भरतपुर महानगरका एक जना पुरुष रहेका छन्।