ओखलढुङ्गामा पहिलो पटक देखियो १ जनामा कोरोना

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।

आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये १ जनाको पोजिटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।