इलाका प्रहरी कार्यालय कृष्णनगरको सक्रियता, अवैध चल्ला नष्ट
कृष्णनगर, कपिलवस्तु जिल्लामा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी बेदर्मीबाट खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट २५ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी ३७५० चल्ला बरामद गरेको हाे ।
बरामद गरिएको चल्ला इलाका प्रहरी कार्यालय कृष्णनगर पछाडि खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य ,प्रहरी, पत्रकार,आदिको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको छ । जसको अनुमानित मुल्य २ लाख ८१ हजार २५० रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरकाले जानकारी दिएको छ।
साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन्।