समाचार प्रभाव : भुल सच्याउँदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय

 भालुवाङ,  कुसेन्युज डटकमकाे निरन्तर समाचार प्रकाशनका कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले  आफ्नो गतिबिधिमा सुधार ल्याएको छ ।

दाङ(देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङले अभिभावकहरूसंग सहयोगको नाममा भर्ना शुल्क लिएको समाचार प्रकाशन गरेपछि सोही समाचारको प्रभावले विद्यालय प्रशासनले आफ्नो गतिबिधि सुधार गर्न थालेको हो ।

कुसे न्युज डटकमले असार १ गते ‘सहयोगको बहानामा मनोमानी शुल्क उठाउँदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पत्रकारलाई गाउँपालिका शिक्षा शाखा प्रमुखले भने तपाईहरूको के को टाउको दुखाई’ शिर्षकको समाचार प्रमुखताका साथ प्रकाशन गरेपछि सम्बन्धित राप्ती गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा विभाग प्रमुख सहित जिम्मेवार निकायको गम्भीर ध्यानकर्षण भएको थियो । उनिहरूले विद्यालयलाई तत्काल आफ्नो गतिविधि सुधार गर्न सुझाब दिएका थिए ।

सोही सुझाब अनुसार विद्यालय प्रशासनले आफ्नो गतिविधि समेत सुधार गरेको छ । विद्यालय प्रशासनले शिक्षा नियमावली विपरीत विद्यार्थीहरूबाट शैक्षिकसत्र २०७७ का लागि भर्ना शुल्क र पाठ्यपुस्तकको रकम अशुल्न थालेपछि अभिभावक र सरोकारवाला निकायहरूले चर्को विरोध समेत गरेका थिए  ।

अभिभावकहरूले विरोध गरेको समाचार पहिलो पटक कुसे न्युज डटकमले प्रमुख प्रथामिकताका साथ प्रकाशन गरेपछि विद्यालय प्रशासनमा केही सुधार आएको अभिभावकहरूले बताएका छन् ।

समाचार प्रकाशनपछि विद्यालयका प्रधानध्यापक लोकेन्द्र केसी र विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिहरूसँग राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले विद्यालयमै पुगेर स्पष्टीकरण माग गरेका थिए ।  तर शाखा प्रमुख विकले भने कारवाहीका लागि खासै चासो नदेखाएपछि उनी माथि नै शंका गर्न थालिएको अभिभावकहरूले बताएका छन् ।

यसैबिच यही असार १५ गते भित्र प्रत्येक विद्यार्थीले निशुल्क नाम लेखाउनु पर्ने र पाठ्यपुस्तक पनि निशुल्क प्राप्त गरेको भरपाई शिक्षा शाखामा पेश गर्नुपर्ने भएकाले र पैसा तिरेर नाम लेखाउन र पाठ्यपुस्तक किन्न अभिभावकहरू विद्यालयमा नगएपछि विद्यालय प्रशासन अहिले अभिभावकको घरदैलोमा पुगेर निशुल्क विद्यार्थी भर्ना र पाठ्यपुस्तक पनि निशुल्क वितरण गर्न बाध्य भएको छ ।

र याे पनि सहयोगको बहानामा मनोमानी शुल्क उठाउँदै नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय