सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९१

धनगढी,   सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना संक्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नौ महिला र ३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा। हेमराज पाण्डेले कैलालीमा २९ जना, कञ्चनपुरमा तीन, बाजुरा, बैतडी र डडेल्धुरा दुई–दुई जना, डोटीमा पाँच गरी ४३ जना संक्रमित थपिएका जानकारी दिए ।

उनले पछिल्लो २४ घण्टामा जाँच गरिएको १२५ जनाको नमूनामध्ये ४३ जनाको नमुना परीक्षणमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको बताए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ९१ पुगेको छ।