देशभर ५२ जना प्रहरी कोरोना संक्रमित

काठमाडाैँ, देशभर नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितको संख्या बढेसँगै प्रहरीमा सुरक्षा चुनौति बढेको छ।

हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा ३, सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सर्लाहीमा २, जुम्लामा ४, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, परिसर काठमाडौंमा ३ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।