थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार २६

काठमाडौं , मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । जसमा १४९ जना महिला रहेका छन् भने १ हजार ६२३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १९४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १८६ पुरुष रहेका छन् । हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ७५ हजार १७३ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६२ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ९४ हजार ९२८ मानिसहरु रहेका छन् भने आइसोलसनमा ७ हजार २३१ कोरोना संक्रमितहरु रहेका छन् ।