गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो ।

सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ ।