गाउँपालिकालाई आत्मनिर्भर बनाउने बजेट ल्याउछौँ : अध्यक्ष सेजुवाल

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले जटिल परिबेशलाई संबोधन गर्ने बजेट ल्याउने गृहकार्यमा लागेको बताएका छन ।

आज गाउँपालिकाको जारकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा आएका सुझाब माथी छलफल गर्दै गाउँपालिका अध्यक्ष सेजुवालले एक गाउँ एक उत्पादनमुखी कार्यक्रम, युबाहरुलाई स्वरोजगार बनाउन युबा श्रम केन्द्र मार्फत बिकास निर्माणका कामलाई जोड दिने बताए । अध्यक्ष सेजुवालले गाउँपालिकालाई आत्मनिर्भर बनाउने बजेटको तयारीमा रहेको जानकारी दिए ।

आगामी वर्षको नीति तथा कार्यक्रममा पचालझरना हुँदै नाग्म सडक खण्ड, सिकु हुँदै जिमजेडी सडक लगायतको योजनामा जोड दिने र अहिलेका सडक स्तरन्नोतिमा प्राथमिकिकरण गरिने बताए । गाउँपालिकाको केन्द बिन्दु रहेको पडेक्षामा भ्यु टावर स्थापना गर्ने, सहिद पार्कलाइ ब्यबस्थित गर्ने, पडेक्षामा भवन निर्माण गरि असोजसम्म गाउँपालिकाका कामकारबाही अगाडि बढाउने,यातायात सेवा संचालन गर्ने,भारपाटालाइ ठुलो कृषी फर्मको बिकास गर्ने, शिक्षाको बारेमा केही महत्त्वपूर्ण नीति तथा कार्यक्रम बनायर अगाडि बढ्ने, स्वास्थ्य क्षेत्रमा नमुना काम गर्ने,पर्यट्किय क्षेत्रको प्रबर्द्धन र बिकासलाइ पहिलो प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरामा जोड दिए  ।

अहिलेसम्म गाउँ पालिकामा जति काम गरेपनि आलोचना र सुझावलाई मध्ये नजर गर्दै प्रकृति सङ्ग भिड्दै आयौ । अब अहिलेको सबैले साथ दियको र आगामी दिनमा सहयोग गर्न अध्यक्ष सेजुवालले आग्रह गरे  ।

यस्ताे भने सराेकारवालाहरूले 

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का गाउँ पालिका अध्यक्ष पौरख बिक ,नेपाली काङ्ग्रेसका गाउँ पालिका सभापति प्रजापति सन्ज्याल, नेमकिपाका मिम बहादुर बम लगायतका प्रमुख प्रतिनिधिहरुले गाउँपालिकालाइ आत्मनिर्भर बनाउदै समृद्धिमा विशेष प्राथमिकतामा राखेर बजेट ल्याउन अनुरोध गरे ।

कार्यक्रममा पालिकाका राजनैतिक दल,समाजसेवी,बुद्धिजीवी,जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष गाउँसभा अगाडि राजनैतिक दलहरुबाट सुझाब लिदै  आएको पचालझराना गाउँपालिकाले यस वर्ष पनि सुझाब लिएको बताइएको छ ।

पचालझरना गाउँपालिकाको छैटौं गाउँ सभा असार ८ गते हुँदैछ ।