किन यसरी केविन कार्टरको कथा सुनाएर पत्रकारलाई सुल्झाए माझीले ?
अछाम, पछिल्लो समय पत्रकारीतामा धुन्दुकारीता मौलाएको भन्दै अछाम पंचदेवल बिनायक नगरपालिकाका कार्यकारी अधिकृत पदम वहादुर माझीले चिन्ता ब्यक्त गरेका छन् ।
कुसेन्युजको ब्युरो कार्यालय उदघाटन कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत माझीले केबिन कार्टरको कथा सुनाएका थिए । पत्रकारहरू समाजको ऐना भएको भन्दै माझीले ऐनाले चित्र देखाउने काम गर्नु पर्ने बताए । उनले भने पछिल्लाे चरणमा पत्रकारीतामा बिकृती मौलाएको छ चिन्ता छ ।
समाचार भन्दा पनि धेरै जसो पुर्वाग्रह साँध्ने काम हुन्छ । माझीले थपे पत्रकारीता पेशा मर्यादित पेशा भएको भन्दै यसमा क्रियाशिल हुनेहरूले देशकाे बिकासकाे लागि कलम चलाउनु पर्ने बताए । पेशा त्यतिकै जोखिम भएको भन्दै यसलाई मोल्न पत्रकारहरु तयार हुनुपर्ने बाध्यता उनकाे भनाइ थियाे ।
माझीले पत्रकारहरूको पेशा जोखिम भएको भन्दै अफ्रिकन फोटो पत्रकार केविन कार्टर कथा सुनाए ।
जुन कथा यस्ताे थियाे
यस तस्बिरलाई “The vulture and the little girl ” नाम दिइएको थियो । यो तस्बिरमा एक गिद्ध चरम् भोकले तड्पिएर मर्नै आंटेकी एक सानी बालिकाको मृत्युको प्रतिक्षा गरिरहेको छ। यो तस्बिर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए र उक्त फोटो बापत उनले पुलित्जर पुरस्कारबाट सम्मानित पनि भएका थिए।
तर कार्टरले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन, किनकि उक्त फोटो खिचेको केही महिना पछि नै ३३ वर्षको उमेरमा उनले आत्महत्या गरेका थिए।
किन गरे पत्रकार केविन कार्टरले आत्महत्या ?
नि:सन्देह, जब उनी पुरस्कारबाट सम्मानित भए र खुसीयाली मनाउँदै थिए, उसबखत दुनिया भरका सञ्चार माध्यममा उनकै चर्चा भइरहेको थियो । यसै प्रख्यातिका माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो – ” त्यसपछि त्यो बालिकाको के भयो ? ” उनले जवाफ फर्काए- म त्यहाँ रोकिएन, किनकि मेरो फ्लाईट डिले हुँदै थियो।” उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनि तर्फ इंगित गर्दै भने- “म तपाईंलाई भनिरहेको छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो।” फोटो पत्रकार केविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्माहत्या गरे ।