सञ्चार माध्यमहरू जिम्मेवार बन्नुपर्छ : मेयर देबकोटा

अछाम, अछाम पंचदेवल बिनायक नगरपालिका मेयर देबराज देबकोटाले मुलकु बिकासको लागि संचार जगतले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका छन । शनिबार कुसेन्युजक डटकमको अछाम कार्यालय उदघाटन गर्दै पत्रकारहरु जिम्मेबार हुनुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै मेयर देबकोटाले भने देशको बिकासको लागि सबैभन्दा संचारक्षेत्र जिम्मेबार भएर प्रस्तुत हुनुपर्छ । तर नेपालमा संचारक्षेत्र मुल्य र मान्यतामा नरहेको जिकिर गरे ।

कुसेन्युजको ब्युरो कार्यालय उदघाटन कार्यक्रममा बोल्दै मेयर देबकोटाले संचार क्षेत्रले बिकासको अगुवाइ गर्ने भन्दा पनि बार्गेनिङको बाटोमा हिडेको भन्दै दुखेशो ब्यक्त गरे । उनले भने मिडिया राज्यको चौथो अंग हो । तर यहाँ अंग कहिलेकाँहि भंग भएको अनुभुति हुन्छ ।

आफुलाई मन परेको कुरा समाचार हुने नपरेको कुरामा बार्गेनिङ गर्नुले पछिल्लो चरणमा अबिश्वास पैदा भएको बताए । मेयर देबकोटाले स्थानीय सरकारलाई खबरदारी गर्दै नेपालमा बिकास पत्रकारीताको जरुरत भएको बताए ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख पदम वहादुर माझीले समाजकाे सुचना प्रवाह गर्ने माध्याम संचारमाध्याम पछिल्लाे चरणमा निश्पक्ष नभएकाे बताए । उनले पत्रकारितालाइ बार्गेनिङ र साैखिन पेशा बनाएकाे जिकिर गरे । 

कार्यक्रममा सबै राजनितिक दल समाजसेविहरूले नेपालमा फरक धारकाे मिडियाकाे जरूरत भएकाे बताएका थिए । 

सामाजीक दुरी कायम गर्दै भएको कार्यक्रममा नगरपालिकाका कार्यकारी, बुद्धिजिबी लगायतको उपस्थीति रहृेको थियो । कुसेन्युजका अछाम प्रतिनिधि मोहनसिंह धामीले संचालन गरेको कार्यक्रममा सह सम्पादक डम्बर बहादुर शाहीको समेत उपस्थीति रहेको थियो ।

त्यस्तै कार्यक्रममा पंञ्चदेवल विनायक नगरपालिका कार्यकारी प्रमुख पदम वहादुर माझीको उपस्थीति रहेको थियो ।  त्यस्तै कार्यक्रमका अन्य अतिथिमा ,समाजसेवि दिल वहादुर धामि ,नेकपाका बखत कडायत ,नेपाली काङ्ग्रेस का महारुप धामि ,राप्रपा नेपालका रणवहादुर शाहि , समाजसेवि शेर वहादुर वुढा ,हिक्मत धामि ,पंञ्चदेवल विनायक नगरपालिका रोजगार संयोजक भरतराज अधिकारी ,हातेमालो साकोसका व्यवस्थापक नरेन्द्र न्यौपाने, दलित सृजनशिल साकोसका व्यवस्थापक भिम नेपाली ,पंञ्चदेवल विनायक नपा स्वास्थ्य शाखा इन्चार्ज लक्ष्मिकान्त वजगाई ,रेडियो परिवर्तनका माधव तिमिल्सिना ,समाजसेवि गोर्ख विक लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाको बिकासमा कुनै कन्जुस्याँई गरिने छैन 

मेयर देबकोटाले नगरपालिकाको बिकासमा आफु दत्तचित्त भएर लागि परेको बताएका छन । समृद्ध नगरपालिका आफनो सपना भएको भन्दै नगरपालिकाको बिकास तिब्र गतिमा भैरहेको बताए ।

उनले जनताको इच्छामा कुठराघात नगर्ने समेत बाचा गरेका छन । पछिल्लो चरणमा कोरोनाबाट बिश्व नै प्रभावित भएको बेला नगरपालिकामा बसोबास गर्ने बिपन्न परिवारलाई राहत बितरण गरेको बताए । कोरोना बिरुद्धको कार्यक्रमलाई पनि स्रोत साधन उपलब्ध भएसम्म व्यवस्थित बनाउदै लगेको उनको भनाइ छ ।