विप्लवका अछाम सेक्रेटरी मल्ल ४ महिना पछि रिहा
अछाम, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका सेक्रेटरी भरत मल्ल रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत अछामवाट धरौटिमा रिहा भएका हुन् ।

गत फागुन १८ गते अछामको तुर्माखाद गाउँपालिकाको धमालीवाट प्रहरीले उनलाई गिरफ्तार गरेर राजद्रोहको मुद्धा दायर गरेको थियो । नेता मल्ललाई जिल्ला अदालत अछामले करिव ४ महिनाको हिरासत र जेल बसाई पछि आज २० हजार धरौटीमा रिहा भएका हुन् ।
करिव १५ महिना पहिले विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिवन्ध लगाय संगै देशैभर करिब ४ हजार नेता, कार्यकर्ता र समर्थकहरु विभिन्न मुद्धामा प्रहरी हिरासतमा छन् ।
पार्टीको तेस्रो वरियताका नेता तथा पार्टी स्थाई समिती सदस्य हेमन्त प्रकाश वलि ‘शुदर्शन’, केन्द्रीय सदस्य माईला लामा, केन्द्रीय सदस्य बन्धु चन्द लगायत हजारौ नेता तथा कार्यकर्ताहरु हिरासतमा छन् ।
यस संगै उनिहरुलाई पटक-पटक अदालतले छोडने र प्रहरीले पक्राउ गर्ने क्रम चलिरहेको छ ।

