३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८६०५
काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा ३३१ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी गराएका हुन् । काठमाडौंसहित मुलुकका विभिन्न स्थानका गरी ३३१ जनामा कोरोना संक्रमण देखिएको हो ।
छिल्लो २४ घण्टामा २४ वटा प्रयोगशालामा ७ हजार ४१६ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ। त्यस्तै ४ हजार ४२६ जनाको आरडीटी बिधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म पीसीआर बिधिबाट १ लाख ६९ हजार १६५ कोरोना परीक्षण गरिएको छ। त्यस्तै हालसम्म आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।
हालसम्म १ हजार २४५ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसन रहेका छन्।
आज मात्रै १७६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने हालसम्म १ हजार ५७८ जना कोरोनामुक्त भई फर्किएका छन्।
संक्रमणमुक्त हुनेमा १४१ जना महिला र १ हजार ४३७ जना पुरुष रहेका छन्।