होम क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ
प्रकासित मिति : २०७७ असार ६, शनिबार १५:५३
प्रकासित समय : १५:५३
गुल्मी, गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक व्यक्तिको कोरोना भाइरस संक्रमण रिपोर्ट पोजिटिभ आएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो ।
मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।
मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाईले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन् ।