गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४३८
प्रकासित मिति : २०७७ असार ६, शनिबार ०७:१०
प्रकासित समय : ०७:१०
पोखरा, गण्डकी प्रदेशका विभिन्न जिल्लामा आज (शनिबार) विहानै थप ५८ जना नयाँ संक्रमित थपिएका छन् । तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।
तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा एक र बागलुङमा ८ जना कोरोना संक्रमित थपिएको उनले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका रहेको शर्माले बताए ।