कोहलपुरको न्यूरोड चोकमा एक पुरुष मृत अवस्थामा फेला

कोहलपुर, बाँकेको कोहलपुरमा शनिबार बिहानै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कोहलपुर ११ को न्यूरोड चोक नजिक रहेको कोहलपुर सव-डिभिजन बन कार्यालयको अगाडिको प्रतिक्षालयमा एक पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

अहिले प्रहरीले शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ । उनको पहिचान खुल्न नसकेको बताइएकाे छ  ।

पहिचान नखुलेका अन्दाजी ४०, ४५ वर्षिय पुरुष प्रतिक्षालयमा उत्तानो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयका अनुसार उनी केही समयदेखि सोही क्षेत्रमा नै मागेर हिड्ने गरेका थिए ।

कोहलपुर प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।