कुवेतबाट आएका थप ७ महिलामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ असार ६, शनिबार १८:२८
प्रकासित समय : १८:२८
काठमाडौं, कुवेतबाट आएका थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।