कर्णाली थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार २४५

काठमाडौँ, कर्णाली प्रदेशमा आज थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा दैलेखका १९, जाजरकोटको १ जना र सल्यानका २६ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार २४५ पुगेको छ । जसमा ५१७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।