आरडीटी पोजेटिभ देखिएकी महिला क्वारेन्टाइनबाट भागेपछि…
प्रकासित मिति : २०७७ असार ६, शनिबार १७:३७
प्रकासित समय : १७:३७
अछाम, अछाममा आरडीटी पोजेटिभ देखिएकी एक महिला मध्य राती क्वारेन्टाइनबाट भागेकी छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ८ स्थित मालिका मावि क्वारेन्टाइनबाट शुक्रबार मध्यरातमा भागेकी हुन्।
भारतको गुजरातबाट २३ दिनअघि आफन्तहरुसँगै आएर क्वारेन्टाइनमा बसेकी ४० वर्षीय महिला रातिदेखि फरार रहेको वडाका अध्यक्ष ताराप्रसाद खनालले बताए। क्वारेन्टाइनमा बसेको १४ दिनमा गरेको परीक्षणमा आरडीटी पोजेटिभ आएको खनालले बताए।
स्वाब संकलन गरी परीक्षणका लागि पठाएको ९ दिनसम्म पनि रिपोर्ट नआएको बताइएकाे छ ।
शौचालय जान्छु भनेर निस्किएकी महिला नफर्किएपछि प्रहरी, स्थानीय मिलेर रातभर खोजी गरेको खनालले जानकारी दिए।