दाङमा बालिका बलत्कार गरेको आराेपमा तीन जना पक्राउ

देउखुरी , दाङमा बालिका बलत्कार प्रयासकाे आराेपमा ३ जनालाई प्रहरीले प्रकाउ गरेकाे छ । लमही नगरपालिका वार्ड नम्बर ६ कि १३ बर्षीय बालिका बलत्कार प्रयास गरेकाे आराेपमा ईलाका प्रहरी कार्यालय गढवाले तीन जनालाई पक्राउ गरेको छ ।

बलत्कार प्रयासकाे आराेपमा गढवा गाउँपालिका वडा ६ मनिकापुर बस्ने ३ जना पक्राउलाई प्रकाउ गरिएकाे इप्रका गढवाका प्रहरी निरीक्षक भरतसिंह राठाेरले जानकारी दिए । पक्राउ परेका क्रमश १९ र वर्ष २० का रहेको गढवाका प्रहरी प्रमुख राठाेरले जानकारी दिए । बालिकालाई केही दिन अघि उनीहरुले ललाई फकाई गरि गढवा तर्फ लगेका थिए ।

सोही समयमा उक्त घटना घटेको बुझिएको छ । पीडित बालिकाको परिवार जन र आफन्तहरुले किटानी जाहेरी दिएपछी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पिडित बालिकाको मेडिकल रिपोर्टमा पूर्ण रुपमा बलत्कार भएको नदेखिएपनि बलत्कारको प्रयास भएको देखिएको छ । मेडिकल रिपोर्ट अनुसार थप अनुसन्धान गरि मुद्दा चलाउने तयारी थालिएको प्रहरी प्रमुख राठोरले जनाए ।