दाङमा जेसिबी जलाएको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ

दाङ,  दाङमा जेसिबी जलाएको आशंकामा प्रहरीले विप्लब समुहका इन्चार्जलाई पक्राउ गरेको छ । प्रतिबन्धित नेपाल कम्युनष्टि पार्टीकाका बिजौरी, मानपुर र डुरुवा इन्चार्ज मदन केसीलाई बिजौरीबाट बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उनलाई केहि समय अघि तुलसीपुरको ग्वारखोलामा जेसिबीमा आगजनी गरेको आंसकाम पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।
‘पैसा पनि लैजाने स्काभेटरमा पनि आगो लगाउने यस्तालाई छोड्नु हुन्न ।’ एक प्रहरी अधिकारीले भने । ग्वारखोला र देउखुरीमा गरि ६ वटा जेसिबीमा आगजनी गर्ने विप्लव माओवादीका कार्यकर्ता नै रहेको प्रहरीले आंसंका गरेको छ ।