बाँकेमा १४ र बर्दियामा सात जनामा कोरोना संक्रमण

बाँके, पछिल्लो २४ घण्टामा बाँकेमा १४ र बर्दियामा सातजना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पतालका अनुसार बाँकेको राप्तीसोनारी र बैजनाथमा सात/सात जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै बर्दियाको बढैयातालका दुई, गेरुवाका एक र गुलरियाका चारजनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।