गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४८
प्रकासित मिति : २०७७ असार ५, शुक्रबार ०७:१०
प्रकासित समय : ०७:१०
पोखरा, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो ।
उनीहरु सबै भारतबाट फर्किएका व्यक्ति रहेका छन् । उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।