खाडीबाट २३ नेपालीको शव बोकेर काठमाडौं आइपुग्यो कतार एयरवेज

काठमाडौँ, वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २३ नेपालीको शव आज नेपाल ल्याइएको छ । कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुईवटा शव शुक्रबार दिउँसो कतार एयरवेजको विमानबाट काठमाडौं ल्याइएको हो ।

A350 flying aircraft.

यी सबै शव सम्बन्धित परिवारको घरमै पुर्‍याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उडान बन्द गरिदिँदा नेपालीको शव ल्याउन कठिन भएको थियो ।

यस्तै, सोही विमानमा कतारमा आममाफी पाएका ४३ नेपाली कामदार पनि स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दूतावासले इदका अवसरमा आममाफी पाएका नेपालीलाई कतारले आफ्नै खर्चमा नेपाल पठाएको जनाएको छ ।