एकैदिन ५६ जनामा कोरोना भेटिएपछि गन्यापधुरा गाउँपालिका सिल
प्रकासित मिति : २०७७ असार ५, शुक्रबार १३:३४
प्रकासित समय : १३:३४
धनगढी, एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले जानकारी दिएका छन् ।
।
तामाङका अनुसार बिहीबार मात्रै गाउँपालिकाका ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । तामाङका अनुसार स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण कार्यालय, बैंक र पसलसमेत १२ गतेसम्म सम्पूर्ण रूपमा बन्द हुनेछन् ।