भालुवाङबाट लागुऔषध सहित एक जना पक्राउ

तुलसीपुर, दाङकाे भालुवाङबाट लागुऔषध अफिम सहित एक व्यक्ति पक्राउ परेका छन् ।
मंगलबार ५ किलो २५० ग्राम लागु औषध अफिस सहित राप्ती गाउँपालिका वडा नं. १ भालुवाङका ३४ बर्षीया राजकुमार पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

पुनलाई लु ४३ प ६४१५ नम्वरको मोटरसाईकलमा लागु औषध सहित राप्ती गाउँपालिका शान्तिनगर स्थित पूर्व–पश्चिम राजमार्गमाबाट बुधवार १० बजे पक्राउ गरेको हो । पुनलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।