अछाममा कोरोना संक्रमित संख्या ५१ पुग्यो

अछाम, अछाममा कोरोना संक्रमित को संख्या ५१ पुगेको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा आज २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेसगै कुल संक्रमितको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालय अछाम ले बताएको छ ।

जिल्ला भित्र ४८ र बाहिर ३ गरि ५१ पुगेको छ। क्वारेन्टाइन मा वसेका कुल ११हजार ४५ जना मध्य ३९२५ घर फर्किसकेका छन । ५८०१ जनामा आरडिटि परिक्षण गर्दा ४४४ जना मा पोजेटिभ देखिएको छ ।

त्यस्तै १३६६ जना को पिसिआर टेस्टका लागि पठाईएको मध्य ६३३ जनाको नेगेटिभ ५० जनाको पोजेटेभि देखाएको छ । अरु रिपोर्ट आउन वाकि रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मंगलसेन अछाममा अहिलेसम्म १७  जना संक्रमितको उपचार भईसकेको छ । जस मध्य ६ जना अझै उपचार गराईरहेका छन ।