सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा ३२६ पुरुष र ४९ जना महिला छन् ।
८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । १०२ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये कैलालीका १२८, कञ्चनपुरका ७४, अछामका, २१, डडेल्धुराका ३९, दार्चुलाका १२ जना छन् । बझाङका १६, बैतडीका २७, डोटीका ३८ र बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आरडीटी र पीसीआर विधिबाट हालसम्म ८८ हजार ७०८ जनाको परीक्षण गरिएको छ भने १२ हजार ४९७ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर ४२ हजार ५३९ जना क्वारेन्टाइनमा छन् ।